प्रशासन शाखा
- विभागका लागि आवश्यक खरिद तथा आपूर्ति व्यवस्थापनका कार्यहरु गर्ने ।
- संघीयस्तरको तालिम सम्बन्धी वार्षिक कार्य योजना तर्जुमा प्रक्रिया तथा कार्यान्वयनमा समन्वय तथा सहयोग गर्ने ।
- विभागअन्तरगतका कार्यालयहरुका सामग्रीको व्यवस्थापन गर्ने ।
- विभागका कर्मचारीहरुको हाजिर तथा विदा व्यवस्थापन सम्बन्धी कार्य गर्ने ।
- विभागका कर्मचारीहरुको ब्यक्तिगत विवरण अध्यावधिक गर्ने ।
- विभागअन्तरगत दर्ता, चलानी सम्बन्धी कार्य गर्ने ।
- विभागको भवनको सुरक्षा, सरसफाई, बत्ति, पानी तथा टेलिफोनको प्रबन्ध लगायत आन्तरिक प्रशासन सम्बन्धी अन्य कार्य गर्ने ।
- विभागमा रहेका सरसामानहरुको रेखदेख तथा मर्मत सम्भारको व्यवस्था मिलाउने ।
- विभागअन्तरगत जिन्सी व्यवस्थापन गर्ने ।
- विभागको कामका सिलसिलामा आईपर्ने अन्य प्रशासनिक कार्यहरु गर्ने ।
- विभागस्तरमा कानूनी परामर्श प्रदान गर्ने ।
- विभागर अन्तरगतका कार्यालयका लागि आर्थिक विवरण तयार गर्ने ।
- विभागअन्तरगतका अख्तियारी व्यवस्थापन तथा रकमान्तर गर्ने ।
- विभागअन्तरगतका शाखाहरुको बजेट निकासा गराउने ।
- विभागको आन्तरिक लेखा परिक्षण गराउने ।
- विभागअन्तरगतका कार्यालयहरुको अन्तिम लेखा परिक्षण गराउने ।
- विभागअन्तरगत बेरुजुको लगत राख्ने तथा बेरुजु फछयौट गराउने ।
- विभागको कार्य संचालनको निकासा लिने ।
- विभागको दैनिक कार्य संचालनको लागि खर्च भएको रकम भुक्तानी दिने ।
- विभागको आर्थिक तथा आन्तरिक प्रशासन सम्बन्धी मासिक तथा वार्षिक विवरण तयार गर्ने ।
- विभागको आर्थिक प्रशासनसंग सम्बन्धित राय सल्लाह प्रदान गर्ने ।
- संघीयस्तरको विर्षिक कार्य योजना तर्जुमा प्रक्रिया तथा कार्यान्वयनमा समन्वय तथा सहयोग गर्ने ।