वि.सं:
नेपाल संवत: ११४५ दिल्लाथ्व पुन्हि - १५
स्वास्थ्य सेवा विभागको आधिकारिक वेबसाइटमा हार्दिक स्वागत छ।
स्वास्थ्य सेवा विभागसम्बन्धी जानकारी यस आधिकारिक प्लेटफर्ममार्फत साझा गर्न पाउँदा हामीलाई अत्यन्तै खुशी लागेको छ। यस वेबसाइटको प्रमुख उद्देश्य विभागको दृष्टिकोण, संरचना, उद्देश्यहरू, सञ्चालित कार्यक्रमहरू, प्रमुख गतिविधिहरू र नेपालको सार्वजनिक स्वास्थ्यसँग सम्बन्धित आवश्यक सेवाहरूको सही र अद्यावधिक जानकारी प्रदान गर्नु हो।
हामी यो वेबसाइटलाई स्वास्थ्यसम्बन्धी जानकारी खोज्ने व्यक्ति, स्वास्थ्यकर्मी, तथा संस्थाहरूका लागि समग्र र जीवन्त स्रोत केन्द्रको रूपमा विकास गर्ने प्रयासमा छौं। यस साइटमा विभागका प्रकाशनहरू, सूचना/समाचारहरू, निर्देशिका तथा सञ्चारसम्बन्धी सामग्रीहरू समावेश गरिएको छ, जसले सबै प्रयोगकर्ताहरूका लागि पारदर्शिता र सहज पहुँच सुनिश्चित गर्छ।
यो वेबसाइटलाई अझ जानकारीमूलक, प्रयोगमैत्री र अन्तरक्रियात्मक बनाउन गरिएको हाम्रो ईमानदार प्रयास हो। यद्यपि, तपाईंहरूको मूल्यवान सुझाव र प्रतिक्रिया यसलाई अझ उत्कृष्ट बनाउन अपरिहार्य छ। यदि तपाईंको कुनै जिज्ञासा वा सुझाव छन् भने, कृपया वेबसाइटको प्रतिक्रिया (Feedback) सेक्सनमा जानुहोस् र सेवा प्रवाह सुधारमा हामीलाई सहयोग गर्नुहोस्।
वेबसाईट हेर्नुभएकोमा धन्यवाद !
डा. टङ्क प्रसाद बराकोटी
महानिर्देशक
स्वास्थ्य सेवा विभाग (DoHS)
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नेपाल